सुविधायुक्त एप्लिकेसनहरू
यी एप्लिकेसनहरू र यन्त्रहरूसँग OneNote को बारेमा थप कुरा थाहा पाउनुहोस्।
Brother Web Connection
तपाइँको Brother मेशिन (MFP/कागजात स्क्यानर) ले छविहरू स्क्यान गरि तिनीहरूलाई PC मा नगइकन प्रत्यक्ष OneNote र OneDrive मा अपलोड गर्न सक्छ।
Chegg
विद्यार्थीहरूले Chegg Study Q&A बाट OneNote मा आफ्ना महत्वपूर्ण गृहकार्यका उत्तरहरू बचत गर्न सक्छन्। OneNote को "यसलाई क्लिप गर्नुहोस्" बटनको साथमा यो सजिलो हुन्छ। यहाँबाट, तपाई विषय, कक्षा, वा असाइनमेन्ट अनुसार आफ्ना उत्तरहरू व्यवस्थित गर्न सक्नुहुन्छ र यसलाई OneNote मा तत्कालै खोज्न सकिने बनाउन सक्नुहुन्छ। अनन्य अध्ययन मार्गदर्शिका बनाउनुहोस् र सहपाठीहरूसँग साझा गर्नुहोस्।
cloudHQ
तपाईंका OneNote नोटहरू cloudHQ सँग एकीकृत गर्नुहोस्। तपाईंका नोटबुकहरू Salesforce, Evernote, Dropbox जस्ता प्रमुख क्लाउड सेवाहरूसँग सिंक गर्नुहोस्। अरूहरूसँग सजिलै मिलेर काम गर्नुहोस्, तपाईंका विचारहरू कुनै पनि एप मार्फत साझा गर्नुहोस्, र तिनीहरूलाई पछि OneNote मा स्वचालित रूपमा सिंक गर्नुहोस्। तपाईंले गल्तीले विचारहरू मेटाउने स्थितिबाट बच्नका लागि तपाईंका OneNote नोटबुकहरू अन्य क्लाउड सेवाहरूमा ब्याक अप गर्नुहोस्।
Newton
Newton प्रयोग गरी एउटा क्लिक मार्फत OneNote मा महत्त्वपूर्ण इमेलहरू बचत गर्नुहोस्। चाहे त्यो चलानी पत्र, रसीद वा कुनै महत्त्वपुर्ण ग्राहक इमेल नै होस्, सबै कुरा एकसाथ राख्नलाई Newton को OneNote एकीकरण प्रयोग गर्नुहोस्।
Docs.com
Docs.com ले प्रयोगकर्ताहरूलाई OneNote द्रष्टव्य किताबहरू मार्फत द्रष्टव्य वा अध्ययन सामग्रीहरू बाँड्न अनुमति दिन्छ। यसले विश्वभरिका शिक्षक र विद्यार्थीहरू जस्ता मानिसहरूलाई तपाइँको OneNote द्रष्टव्य किताब हेर्न र पुन: प्रयोग गर्न, लोकप्रियता बढाउन र समुदायलाई प्रभाव पार्न सक्षम पार्छ।
Doxie Mobile Scanners
Doxie नयाँ प्रकारको कागजी स्क्यानर हो जुन पुन: चार्ज गर्न मिल्छ, त्यसैले तपाइँले जहाँकहीं पनि कागजातहरू स्क्यान गर्न सक्नुहुन्छ - कम्प्युटरको आवश्यकता पर्दैन। यसलाई चार्ज गरि खोल्नुहोस्, तपाइँ जहाँ भएपनि - स्क्यान, अभिलेख र साझा गर्न तपाइँको कागज, भौचरहरू, फोटोहरू घुसाउनुहोस्। Doxie ले जहाँपनि स्क्यान गर्छ, त्यसपछि तपाइँका सबै यन्त्रहरूमा तपाइँका स्क्यान भएका सबै कागजातहरू पहुँचका लागि OneNote मा समक्रमण हुन्छ।
EDUonGo
EDUonGo ले कसैलाई पनि केही मिनटमा नै अनलाइन प्रतिष्ठान वा पाठ्यक्रम लन्च गर्ने अनुमति दिन्छ। EDUonGo का विद्यार्थीहरूले सजिलैसँग पाठहरू तिनीहरूका नोटबुकहरूमा निर्यात गर्न सक्छन्। यसले विद्यार्थीहरूलाई नोटहरू लिन र अरूहरूसँग साझा गर्न सजिलो बनाउँछ। विद्यार्थीहरूले पनि तिनीहरूको OneDrive खाताहरूमा जडान गर्न सक्छन्। शिक्षकहरूको रूपमा, तपाईंले Office Mix बाट भिडियोहरू लिएर आफ्ना पाठहरूमा समावेश गर्न सक्नुहुन्छ।
OneNote मा इमेल गर्नुहोस्
तिनीहरूलाई तपाइँको द्रष्टव्य किताबमा प्रत्यक्ष इमेल गर्ने क्रममा तपाइँका महत्त्वपूर्ण कुराहरू क्याप्चर गर्छ। कागजातहरू, द्रष्टव्यहरू, पथप्रदर्शक किताबहरू, र अन्य थप कुराहरू me@onenote.com मा पठाउनुहोस् र हामीले तिनीहरूलाई तपाइँको OneNote द्रष्टव्य किताबमा राख्नेछौं, जहाँ तपाइँले आफ्ना सबै यन्त्रहरूबाट तिनीहरूको पहुँच गर्न सक्नुहुन्छ।
Epson Document Capture Pro
Document Capture Pro ले तपाइँलाई सजिलै कागजातहरू स्क्यान गर्न, पृष्ठहरू सम्पादन गर्न, फाइलहरू बचत गर्न, र Workforce® DS-30, DS-510, DS-560 र अन्य जस्ता Epson स्क्यानरहरू द्वारा स्क्यान गरिएका एप्लिकेसनहरूमा डाटा स्थानान्तर गर्न दिन्छ। थप के छ, बहु यन्त्रहरूबाट कागजातहरू सजिलै पहुँच गर्न वा अन्य सँग साझा गर्न, प्रयोगकर्ताहरूले एक टचमा नै OneNote मा स्क्यान गर्न सक्छन्।
eQuil Smartpen2 & Smartmarker
कुनै पनि सतहमा तपाईंका नोटहरू लेख्नुहोस् र यसलाई eQuil Smartpen2 र Smartmarker मार्फत स्मार्ट सतह बनाएर तिनीहरूलाई OneNote मा पठाउनुहोस्। यो तपाईंका शानदार विचारहरू क्याप्चर गर्ने एक स्वाभाविक तरिका हो।
Feedly
Feedly ले पाठकहरूलाई भावुक हुने कथाहरू तथा जानकारीसँग जोड्छ। महत्त्वपूर्ण सामानको खोज तथा पालनाका लागि feedly को प्रयोग गर्छ, त्यसपछि एउटा क्लिकमा नै प्रत्यक्ष रुपमा उत्कृष्ट लेखहरूलाई OneNote मा बचत गर्छ।
FiftyThree बाट कागज र पेन्सील
तपाईंका जुक्तिहरूको साथमा Pencil बाट Paper मा पुग्नुहोस् र OneNote को साथमा अझ एक कदम पर पुर्याउनुहोस्। उन्नत विशुद्धताको साथमा लेख्नुहोस् र चित्र कोर्नुहोस् र त्यसको लागि सरल Pencil परिचित छ, र यदि तपाईंले गल्ती गर्नुभयो भने, स्टाइलसलाई फर्काउनुहोस् र एक प्राकृतिक रूपमा मेट्नुहोस् – सबै सिधैँ OneNote मा। सजिलै द्रष्टव्यहरू लिनुहोस्, जाँच सूचीहरू बनाउनुहोस् र Paper मा कोर्नुहोस् त्यसपछि अझ थप कुराहरू गर्नलाई OneNote मा साझा गर्नुहोस्, जस्तै एक साझा गरिएको नोटबुकमा एकसाथ कार्य गर्नको लागि, अडियो रेकर्डिङहरू थप्न र कुन पनि यन्त्रबाट भर्चुअल रूपमा सामग्री पहुँच गर्नको लागि।
Genius Scan
Genius Scan तपाइँको पकेटमा राख्न मिल्ने स्क्यानर हो। यसले कागजी प्रमाणहरू अंकीकरण गर्न, PDF फाइलहरू सिर्जना गर्न र तिनीहरूलाई तुरुन्त OneNote मा भण्डारण गर्न तपाइँलाई सक्षम बनाउँछ।
JotNot Scanner
JotNot ले तपाइँको iPhone लाई पोर्टेबल बहुपृष्ठ स्क्यानरमा बदल्छ। तपाइँले कागजातहरू, भौचरहरू, ह्वाइटबोर्डहरू, व्यावसायिक कार्ड तथा द्रष्टव्यहरूलाई इलेक्ट्रोनिक स्वरूपमा स्क्यान गर्न JotNot प्रयोग गर्न सक्नुहुन्छ। JotNot ले अहिले Microsoft को OneNote प्लेटफर्मसँगै प्रत्यक्ष अनुकूलन प्रदान गर्छ, जसकारण तपाइँले आफ्नो OneNote खाता प्रयोग गरि तपाइँका स्क्यानहरूलाई द्रुत तथा सजिलै जगेडा र व्यवस्थापन गर्न सक्नुहुन्छ।
Livescribe 3 Smartpen
Livescribe 3 smartpen र Livescribe+ एप्लिकेसन सँगै, सामान्यतया कागजमा लेख्नुहोस् र तुरुन्त तपाइँको मोबाइल यन्त्रमा देखिने सबै हेर्नुहोस्, जहाँ तपाइँले ट्याग, खोज र तपाइँका द्रष्टव्यहरूलाई पाठमा बदल्न सक्नुहुन्छ। तपाइँले सबै कुरा OneNote मा पठाउन सक्नुहुन्छ जसकारण तपाइँका हस्तलिखित द्रष्टव्यहरू तथा चित्रहरू तपाइँका अन्य महत्त्वपूर्ण जानकारीसँगै अनुकूलन हुन्छन्।
Mod Notebooks
Mod एउटा कागजी द्रष्टव्य किताब हो जुन क्लाउडबाट पहुँचयोग्य छ। प्रचलित पेन र कागजमा द्रष्टव्यहरू लेख्नुहोस्, त्यसपछि तपाइँका पृष्ठहरू नि:शुल्क अंकीकरण गर्नुहोस्। पूरा भएको द्रष्टव्य किताबको प्रत्येक पृष्ठ OneNote मा समक्रमण र सधैंका लागि बचत गर्न सकिन्छ।
NeatConnect
NeatConnect ले कम्प्युटर बिना कागजका थुप्रोलाई डिजिटल कागजातहरुमा रुपान्तर गरि तिनीहरूलाई सोझै OneNote मा पठाउँछ। तपाइँको घरको कुनै कोठा, वा कार्यालयको कुनै स्थानबाट, NeatConnect को Wi-Fi मिल्दोजुल्दो र टच स्क्रिन इन्टरफेसले OneNote मा द्रुत तथा सजिलो स्क्यान गराउँछ जसकारण तपाइँले संगठन तथा उत्पादकतालाई पूर्ण नयाँ स्तरमा लैजान समय बचत गर्न सक्नुहुन्छ।
News360
News360 एउटा व्यक्तिगतकरण समाचार एप्लिकेसन हो जसले तपाइँलाई के मनपर्छ भन्ने बारेमा अध्ययन गर्छ र तपाइँले यसलाई जति प्रयोग गर्नुहुन्छ त्यति नै स्मार्ट बन्दै जान्छ। 100,000+ स्रोतहरू भन्दा धेरै हुँदा, त्यहाँ पढ्नको लागि सधैं केही न केही रोमान्चक हुन्छ, र तपाइँले मात्र एउटा बटनलाई ट्याप गरि तपाइँका मनपर्ने कथाहरूलाई प्रत्यक्ष OneNote मा बचत गर्न सक्नुहुन्छ।
Nextgen Reader
Windows Phone का लागि द्रुत, सफा र राम्रो RSS रिडर। अब तपाइँलाई प्रत्यक्ष रूपमा OneNote मा लेखहरू बचत गर्न अनुमति दिन्छ। पठनको मजा लिनुहोस्!
Office Lens
Office Lens तपाइँको पकेटमा राख्न मिल्ने स्क्यानर जस्तै हो। व्हाइटबोर्ड वा ब्ल्याकबोर्डका द्रष्टव्यहरू कहिल्यै नछुटाउनुहोस्, र गलत ठाउँमा भएका कागजातजरू वा व्यावसायिक कार्डहरू, हराएका भौचरहरू वा छुट-पुट स्टिकी नोटहरूका लागि पुन: कहिल्यै नहेर्नुहोस्! Office Lens ले तपाइँका तस्वीरहरूलाई जादूमय रुपमा पठनीय तथा पुन: प्रयोग योग्य बनाउँछ। स्वत: काँटछाँट तथा सफाइसँगै OneNote मा सामग्री क्याप्‍चर गर्नुहोस्।
OneNote For AutoCAD
OneNote for AutoCAD तपाइँलाई AutoCAD भित्रका चित्रहरूसँगै द्रष्टव्यहरू राख्न अनुमति दिन्छ। यसले AutoCAD प्रयोग गरि 2D र 3D चित्रहरू सिर्जना गर्न विश्वभरिका शिल्पकार र इन्जिनियरिङ पेशेवरहरूको उत्पादकत्वलाई वृद्धि गर्छ। यी द्रष्टव्यहरूलाई क्लाउडमा जगेडा गरिएको छ। प्रयोगकर्ताहरूले अर्को पटक AutoCAD मा चित्र खोल्दा यी द्रष्टव्यहरू देख्न सक्छन्।
OneNote Class Notebooks
प्रत्येक विद्यार्थीको लागि व्यक्तिगत कार्यस्थान, ह्यान्डआउटका लागि पुस्तकालय सामग्री, र पाठ र सिर्जनशील कृयाकलापहरूको लागि सहयोगी स्थान सहित तपाइँको आफ्नै डिजिटल द्रष्टव्य किताबमा तपाइँको पाठ योजनाहरू र विषयवस्तु सामग्रीलाई व्यवस्थापन गर्नुहोस्।
OneNote वेब क्लिपर
OneNote वेब क्लिपरले तपाइँलाई तपाइँको ब्राउजरबाट तपाइँको OneNote द्रष्टव्य किताबहरूमा वेबपृष्ठहरू बचत गर्न दिन्छ। मात्र एउटा क्लिपमा, यसले तपाइँलाई कुराहरु द्रुत गतिमा क्याप्चर गर्न र तपाइँको जीवनमा धेरै कुरा याद राख्न मद्दत गर्छ।
Powerbot for Gmail
Gmail को इन्टरफेसबाट महत्वपूर्ण ईमेलहरू, वार्तालापहरू र संलग्नकहरू सीधै OneNote मा बचत गर्नुहोस्। अबदेखि एप्सहरू बीच फड्किने कुरा बिर्से पनि हुन्छ।
WordPress
तपाईंका WordPress पोस्टहरू कुनै पनि यन्त्रमा, क्रस-प्लेटफर्म, OneNote मा अनलाइन वा अफलाइन रचना गर्नुहोस् र तपाईंका अवस्थित नोटहरूबाट सरलतापूर्वक पुन: प्रयोग गर्नुहोस्।
Zapier
Salesforce, Trello, Basecamp, Wufoo र Twitter जस्ता तपाइँले पहिले नै प्रयोग गर्नुभएका एप्लिकेसनहरूसँग OneNote लाई जडान गर्ने सबैभन्दा सजिलो तरिका ज्यापियर हो। द्रष्टव्यहरू जगेडा गर्न, पूरा भएका कार्यहरूको रेकर्ड राख्न वा नयाँ सम्पर्कहरू, फोटोहरू, वेब पृष्ठहरु र थप कुराहरू बचत गर्न यस एप्लिकेसनको प्रयोग गर्नुहोस्।